नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । बाँकेमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवकमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् ।

यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो।

Advertisement

‘उनको रिपोर्ट पोजेटिभ आयो, योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ,’ प्रवक्त देवकोटाले बताएका छन् ।

आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए। भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन्।

More News last news
Loading...