विनोद चौधरीको नेतृत्वमा लगानी, पूर्वाधार र रोजगार विशेष समिति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद एवं उद्योगपति विनोद चौधरीको नेतृत्वमा लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति गठन गरेको छ ।

चौधरी नेतृत्वको १५ सदस्यीय विशेष समितिमा दीपक खड्का, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा, छत्र गिरी, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सदस्य छन् ।

Advertisement

वैशाख १७ मा सम्पन्न केन्द्रीय समितिको बैठकले कोरोनाले देशका विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी त्यसका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सभापति देउवाले ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन गरेर पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ लाई सुझाव दिने छ ।

More News last news
Loading...