काठमाडौं । नेपाली काँग्रेस राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले आगामी बजेटले आमजनताको आवश्यकता, अपेक्षा र भावना समेट्न सक्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभा बैठकमा जारी प्रि बजेट छलफल कार्यक्रममा भाग लिदैं सांसद पन्थले कोरोना भाइरसको महामारीले विश्वलाई नै स्तब्ध र धरासायी बनाएको भन्दै सरकारले आमजनताको आवश्यकता, अपेक्षा र भावना समेट्नुपर्ने बताएका हुन् । ‘विपत पछिको अर्थतन्त्र सुधार गर्न सरकारले आगामी वर्ष र थप केहि वर्षका लागि अल्पकालिन र दिर्घकालिन अर्थ नीति यसै बजेट मार्फत स्पष्ट गर्नु पर्दछ ।
आगामी बजेटले सम्बोधन गर्नुपर्ने मुख्य सवाल भनेको महामारीको सामना र लकडाउनबाट ठप्प अर्थतन्त्रलाई चलायमान बनाउने, राहतका प्याकेज ल्याउने, अभाव र भोकमरीको समस्या टार्ने तथा सामाजिक जीवन सामान्य अवस्थामा फर्काउने नै हो । सरकारले अहिले नै कार्यान्वयन गर्न सकिने, उत्पादनमा योगदान गर्ने, आम्दानी एवं रोजगारी बढाउन सक्ने किसिमका कार्यक्रम समेटेर बजेट ल्याउनु पर्दछ ’ उनले भने ।
मनोमानी ढंगले खर्च हुने ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को ६ करोड बजेटले नेपालभरका सबै स्थानीय तहमा सुविधा सम्पन्न स्वास्थ्य सेवाका पूर्वाधार बनाउन शुरु गर्नुपर्ने बताए । हालसालै नेपाली भूमी मिचिएको सन्दर्भमा नेपालको भुमि मिचिदा पनि सरकार लाचार र निरिह, मुकदर्शक बनेको भन्दै आलोचना समेत गरे ।
उनले थपे,‘बक्तव्यले मात्र हुदैन, हामी लाखौ नेपाली मातृभुमिका लागि मर्न तयार छौं, भारत सरकारलाई सुनाइदिनोस, हामी जे पनि सहन सक्दैनौ । सरकारले प्रभावकारी उच्चस्तरीय कुटनैतिक पहल छिटो शुरु गरोस ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
