स्याङजा । नेपाल तरूण दल जिल्ला कार्यसमिति स्याङ्जा यतिबेला कोरोना भाइरसको महामारी बिरुद्धको जनचेतनामुलक कार्यक्रम र राहतमा जोडतोडका साथ लागिरहेको छ । यसैबीच दलले स्याङजाको वालिङ बजारमा खुट्टाद्वारा संचालित हुने हात धुने मेसिन राखेको छ ।
कोरोना भाइरसको महामारी बिरूद्धको अभियानमा निरन्तर सक्रिय रहेको नेपाल तरूण दलले आज वालिङ चोकमा खुट्टाद्वारा संचालित हुने हात धुने मेसिन राखेको हो । यस मेसिनको दुईतर्फ खुट्टाले थिच्दा एकातर्फबाट पानी र अर्को तर्फबाट साबुन उपलब्ध हुन्छ ।
प्रयोग गर्न अत्यन्तै सजिलो तरिका रहेको मेसिनको डिजाइन नेबिसंघका नेता ईन्जिनियर अनुप श्रेष्ठले गरेका हुन् भने स्याङ्जा युनिभर्सल मेटल ईन्डस्ट्रिजले तयार पारेको तरुण दल स्याङ्जाले जनाएको छ । कार्यक्रममा तरुण दलका अध्यक्ष एवं गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले विश्वभर महामारीको रुप लिएको कोरोना बिरुद्ध जनचेतना फैलाउने उद्देश्यले हात धुने मेसिन राखिएको र स्याङ्जाका केहि स्थानीय तहमा यस प्रकारको मेसिन राखिने जानकारी दिए ।
कार्यक्रममा काँग्रेस स्याङजाका कार्यवाहक सभापति कुमार रानाले यसको प्रयोग, संरक्षण र निरन्तरतामा सबैले सहयोग गर्नु पर्ने बताउँदै यस्ता खालका मेशिनलाई सबै सार्वजनिक स्थलमा राख्नु पर्नेमा जोड दिए ।
कोरोना बिरुद्धको महामारीमा जुटेको तरुण दल स्याङ्जाले यसअघि विभिन्न स्थानीय तहमा खाद्यान्न सहयोग, डब्लुएचओको लोगो दुरुपयोग सम्बन्धी सचेतना लगायतका कार्यहरु गर्दै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
