काठमाडौं । नेपाल विद्यार्थी संघ (नेबिसंघ) ले विद्यार्थीलाई निः शुल्क इन्टरनेट सुबिधा उपलब्ध गराउन माग गरेको छ ।
संघले आज नेपाल टेलिकम र दुर सञ्चार प्राधिकरणलाई छुट्टाछुट्टै पत्र मार्फत सम्पूर्ण विश्व नै कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको बेला सम्पुर्ण शिक्षालयहरु ठप्प रहेको अवस्थामा अनलाइन शिक्षा नै अहिलेको माग र आवश्यकता रहेको भन्दै ध्यानाकर्षण पत्रसहित आफूहरुले माग राखेको नेबिसंघका महामन्त्री युवराज पाण्डेयले जानकारी गराए ।
‘कोरोनाको परिस्थितिलाई सामना गर्न र विद्यार्थीलाई सिकाइको दायरामा ल्याउन अहिले उपयुत्त माध्यम भनेकै अनलाईन शिक्षा भएकाले देशका सबै बस्ती र स्थानहरूमा इन्टरनेट सेवाको सहज र गुणस्तरिय सुबिधा हुनु जरूरी छ।’, बिज्ञप्तिमा उल्लेख छ ।
सँघले सबै नियमित अध्ययनरत विद्यार्थीहरुको विवरण सम्बन्धित संस्थाबाट लिने र सम्पूर्ण विद्यार्थीहरुको आइडी बनाई इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन नेविसंघले अनुरोध समेत गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
