अध्यादेश छिटो फिर्ता भयो, तपाई फिर्ता हुन ढिला भएन र ?

कृष्ण थापा मगर ‘मीगीन’ । कुनै बेला यदि काठमाण्डौमा कोही कसैले माक्स लगाएर हिड्दा उ कांग्रेसी हो कि सरकार बिरोधी हो कि भन्नु भयो। प्रधानमन्त्री ज्यू, अब फेरी यस्तो भन्ने अबसर पनि आउन सक्छ माक्स नलगाएर कांग्रेसी र सरकार बिरोधी वा प्रतिपक्षहरुले सरकार असफल पार्न भाईरस सार्दै हिड्दैछन । अनि दुई बर्ष पछि माहामारीले गर्दा देश विकास गर्न पाइएन भनेर भन्ने अवस्था पनि पक्कै आउला । तर अवस्था र समय फेरीएको छ।

आज विश्व मानव जगतलाई नै उथलपुथल पार्ने गरि कोरोना (कोभिड-१९) ले मानव सभ्यतालाई हम्मे हम्मे पारिरहेको अवस्थामा तपाईको ध्यान मानसपटल कता कहाँ ओहोर दोहोर गर्दै छ ? बालुवाटार भ्रष्टचारीको लागी पिकनिक र उब्जनी भुमी भो । शितल निवास एक्सप्रेस गर्मागर्मी। बालकोट सांसद हिसाब किताब स्पट। खुमल्टार झटारोको निशाना। कस्तो बिडम्वना यी यावत कुरा किन हुँदैछ ?

Advertisement

अवसर मज्जाकै पाउनु भाथ्यो । झण्डै दुई तिहाई मत पाएर पनि बहुमतको सरकारले विकासको उदघाटन मात्रै पनि गर्न सकेन भन्न सकिन्छ। सुशासन सुन्य छ। गज्जबको भ्रष्टाचार , दुखी नेपाली खुशी नेता। पाँच बर्षको लागी थला परेको प्रतिपक्ष अझै टंग्रीने छाँटकाँट देखिदैन ।

ओलीवादको प्रतिकार पनि सत्ता पक्षकै निडर नेताहरुले नै निर्वाह गर्दैछन। चर्चा प्रति चर्चाले शिखर चुम्दै छ । सरकार एक पाईला अगाडी दुई पाईला पछाडी हट्दै छ। चाहे गुठी विधेयक फिर्ता होस् या राहादानी विधेयक प्रमाणीकरण नभई फिर्ता, संचार तथा मिडिया काउन्सिल विधेयक फिर्ता, नीलकण्ठ उप्रेतिलाई भारतको राजदूत सिफ़ारिश फिर्ता, तरकारीमा विषादी जाँच फिर्ता, आईफ़ा फिल्म अवार्ड बितरण कार्यक्रम नेपालमा गर्न दिने निर्णय फिर्ता, बिमेस्टेक शैन्य तालिम फिर्ता, यातायात सिण्डिकेट हटाउने निर्णय फिर्ता, औषधी खरिद प्रक्रिया रद्द र भर्खरै बालुवाटार देखि शितलनिवासको एक्सप्रेस अध्यादेश प्रमाणित भएको मसि नसुक्दै फिर्ता। क्या असल नियत ? क्या लामो दृष्टि ?

प्रधानमन्त्री ज्यू, सायद विश्वमै तपाई एक्लो व्यक्ति होला दुई दुई पटक सफल मृगौला प्रत्यारोपण गरेर एउटै शरिरमा चार ओटा मृगौला बोकी हिँड्ने मान्छे। तपाईको न छोरा न छोरी छ तर पनि किन यति धेरै सम्पत्तीको लोभ किन ? भ्रष्टचारीलाई काखा च्यापेर ढाकछोप गर्नु हुन्छ किन ?आपराधिक पृष्ठभूमिको व्यक्तिलाई प्रसय किन ? अपहरणकारीलाई साथ लिनु र दिनु हुन्छ किन ?कारबाही गर्नु हुन्न ? करिब तिन करोड नेपाली जनताको अभिभावक बन्ने अवसरलाई लात मार्नु हुन्छ आखिर किन ?करिब तिन करोड नेपाली जनताको अभिभावक बन्ने अवसरलाई लात मार्नु हुन्छ आखिर किन ?

प्रधानमन्त्री ज्यू हुनत तपाई रहेसम्म सबै थोक भएर पनि केही हुँदैन नेपालमा । हत्या ,बलात्कार, भ्रष्टाचार, कमिशन, अपहरण, सबै घटना हुन्छ तर न्याययोचित समाधान हुदैन। किनकी प्रहरी प्रशासन तपाईकै कब्जामा । न्यायालय तपाईकै कब्जामा। अक्तियार आयोग तपाईकै कब्जामा। सरकारी मिडिया कब्जामा र पुरै पार्टी कब्जामा।

तपाईको सु-स्वास्थ्यको दीर्घायुको कामना छ। तर अन्तिम समय आएको छ देश बनाउन र जनतालाई सुशासन प्रदान गर्न । यदि मान्नु हुन्छ भने हिन्दुहरुको मन्दिर पशुपतिनाथ संग माफ माग्नु पर्दैन। बुद्धिष्टहरुको बुद्ध , ईसाई , मुस्लिम कुनै भगवान संग माफ माग्नु पर्दैन। ३ करोड नेपाली जनताले माफि दिनेछ यो अन्तिम अवसर हो। राजीनामा गरेर विश्राम गर्नु नै तपाईका लागि उत्तम उपाय होला कि ? सायद नेपाली जनताले खोजेपनि यहि हो कि ?

पाँच बर्षमा नबनेको धरहराबाट तपाईको लागी हाम फाल्दिन्छु भन्नेको खुब माया लाग्छ होला ? यो सरकार बिपिको होईन केपीको हो भनेर धक्कु लाउनेको खुब भरोसा लाग्छ होला ? हेप्नीलाई काखि च्याप्दा उधुम मातृत्व बोध हुन्छ होला हगी ?(युवा साहित्यकार रहेका लेखक थापाका केहि साहित्यिक कृती प्रकाशित छन् ।)

More News last news
Loading...