पूर्व महामन्त्री काफ्लेले गरे विवाह खर्च कटाएर कोरोना राहत कोषमा २ लाख सहयोग

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता कुन्दन राज काफ्लेले आफ्नो विवाहको खर्च कटाएर कोरोना राहत कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

नेविसंघका पूर्व महामन्त्री समेत रहेका नेता काफ्लेले आफ्नो विवाहको खर्च कटाएर स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मार्फत नेपाल सरकारको कोरोना राहत कोषमा दुई लाख रुपैयाँ सहयोग गरेका हुन्।

Advertisement

स्वास्थ्यमन्त्री ढकाललाई नेता काफ्ले र धर्मपत्नी मेनुका अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन्।

काफ्ले र अधिकारी हिजो आइतबार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

More News last news
Loading...