काठमाडौं । पछिल्ला राजनीतिक गतिविधि, कोरोना भाइरसले उत्पन्न गरेको संकट र समाधानका विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षहरुको बैठक बसेको छ।
अध्यक्ष कमल थापाको बुढानिलकण्ठस्थित पासिकोटमा बसेको बैठकले कोरोना भाईरसको महामारी, वर्तमान राजनीतिक अवस्था र पार्टीको गतिविधि वारे बैठकमा बिचार विमर्श भएको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए।
बैठकमा अध्यक्षत्रय थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले आ–आफ्नो धारणा राख्दै कोरोना महामारीका बाबजुद आगामी दिनमा कसरी पार्टी गतिविधिहरुलाई अगाडि बढाउने बिषयमा गम्भीरतापूर्वक छलफल गरेको बताईएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
