काठमाडौं । नेपालमा बिहीबार थप २ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ।
थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
र्यापिड परीक्षणमा कोरोना पोजेटिभ आएपछि थप परीक्षणका क्रममा थप २ जनामा कोरोना संक्रमण देखिएको डा. देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए।
जनकपुर र उदयपुरका २ जनामा कोरोना संक्रमण देखिएको उनले बताए। उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो। यो सहित संक्रमितको संख्या नेपालमा ४७ पुगेको छ।
संक्रमति मध्ये ९ जना उपचारपछि निको भइसकेका छन्। बिहिबार मात्र दुईजना निको भएर घर फर्किएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
