‘घोडामा सवार बादशाह निर्लज्ज र नग्‍न भइसक्नुभयो’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना (कोभिड १९) को महामारीलाई डटेर सामना गर्नुपर्ने बेला सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी अध्यादेश ल्याउनुलाई ‘क्रूर राजनीतिक दृश्य’ को संज्ञा दिएका छन्।

नेता पौडेलले सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।

Advertisement

नेता पौडेलले भनेका छन्, “कोभिड-१९ को महामारीसलाई डटेर सामना गर्नुपर्ने बेला सरकार पार्टी विभाजन गर्न सहज हुने अध्यादेश ल्याउँछ। घोडामा सवार बादसाह निर्लज्ज र नग्न भैसक्नुभयो, उहाँको नग्नताको उचाइ मुन्तिर महामारीको त्रासमा आक्रान्त नागरिक सुस्केरा काडिरहेका छन्। निक्कै नै क्रुर राजनीतिक दृश्य हो यो।”

More News last news
Loading...