कोरोनाको संक्रमणबाट बेलायतमा १६ जना नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरसका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा सैनिक छन् ।

Advertisement

त्यसैगरी, दूतावासको जानकारीमा अहिलेसम्म बेलायतभरमा करिब १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर फर्किएका छन् ।

अहिले अस्पतालमै भर्ना भएर उपचार गराइरहेकाहरु ७ जना तथा संक्रमणको आशंकामा घरमै आइसोलेसनमा बसेकाहरु झण्डै ४० जना रहेको पनि उपनियोग प्रमुख आरनले बताए ।

दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ ।

More News last news
Loading...