२४ घण्टामा ६ हजार ९९६ जनाको मृत्यु, कुन देशमा कति ? हेर्नुहोस् तथ्यांक

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ। कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ भने ९५ हजार २२ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५२१ पुगेको छ भने २१ लाख ८२ हजार १९७ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ।

Advertisement

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २१ सय ७४ जनाको मृत्यु भएको छ भने २९ हजार ५६७ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६१७ पुगेको छ भने ६ लाख ७७ हजार ५७० जना संक्रमित भएका छन्।

त्यस्तै यूकेमा पछिल्लो २४ घण्टामा मात्रै ८६१ जनाको मृत्यु भएको छ भने ४ हजार ६१७ जना नयाँ संक्रमित थपिएका छन्। यो सँग यूकेमा अहिलेसम्म मृत्यु हुनेको संख्या १३ हजार ७ सय १७ पुगेको छ भने १ लाख ३ हजार ९३ जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा ५०३ जना, इटलीमा ५२५ जना, फ्रान्समा ७५३ जना, बेल्जियममा ४१७ जना, टर्कीमा १२५ जना, जर्मनमा २४८ जनाको मृत्यु भएको छ।

हेर्नुहोस् कुन देशमा कतिको मृत्यु ? कति संक्रमित ?

More News last news
Loading...