वैशाखमा विहे गर्न नपाउने, नियमको पालना नगरे कारबाही हुने !

काठमाडौं । वैशाख आउँदैछ । हिन्दु धर्मावलम्बीहरुले वैशाख महिना विवाह तथा व्रतबन्धको महिनाको रुपमा उपयोग गर्छन्। त्यसैले थुप्रैले वैशाख कुरेर बसेका हुन्छन्। तर, यो पटकको वैशाखमा डोटीको जोरायल गाउँपालिका–२ मा भने विवाह तथा व्रतबन्ध गरे कारवाही हुनेभएको छ।

डाेटीकाे साे वडा कार्यालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गरी ‘विवाह, व्रतबन्ध, मेला, भोजभतेर’ गर्न पूर्ण बन्देज गरेको जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि जाेरायल गाउँपालिका-२ ले कामहरु बन्देज गरेको उल्लेख गर्दै सूचनामा यो नियमको पालना नभए नियमअनुसारको कारबाही गरिने जनाएको छ।

Advertisement

‘वैशाखामा विवाह, व्रतबन्ध व्यापक हुने। जसमा ठुलो भीड लाग्ने हुन्छ,’वडाध्यक्ष मानबहादुर मल्लले भने,‘त्यसबाट कोभिड–१९को संक्रमणको जोखिम उच्च हुनेभएकाले यस्तो निर्णय गरेका हौ।’

यस्तै विवाहको लागि साइत खोज्नेहरुका लागि अब यो वर्ष २० दिन बाँकी छ । माघ २, ४, १५, १६, १७, २१, २६, २७ र २९ तथा फागुन ४, ५, १३, १४, १५, १९, २५, २७, २८, २९ र ३० गते विवाहको लागि साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

 

More News last news
Loading...