पोखरा । नेपाल सरकारले सातै प्रदेशमा कोरोनाको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गर्दै गण्डकी प्रदेशलाई ५ हजार थान र्यापिड टेष्ट किटसहित प्राविधिक र स्वास्थ्य सामाग्री पठाएपछि प्रदेशमा सोहीअनुसार परीक्षण शुरु भएको छ।
गण्डकी प्रदेशको बागलुङमा बिहीबार स्वास्थ्य मन्त्रालयको टोली १ हजार र्यापिड टेष्ट किट र सामग्री सहित पुगेर परीक्षण शुरु गरिसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।
कोरोना संक्रमण देखिएको बागलुङमा स्वास्थ्यकर्मीको टोलीले द्रुत गतिमा परीक्षण गरिरहेको जनाउँदै निर्देशक शर्माले शुक्रबार प्रदेशका तनहुँ, गोरखा, लमजुङ र नवलपुर जिल्लाका लागि र्यापिड टेष्ट किटसहित र स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मीको टोली हिडेको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
