ज्योतिष शास्त्रमा फल बताउने हजारौं माध्यमहरू छन् । तीमध्ये व्यक्तिको न्वारनको नाम अर्थात् जन्मराशिका आधारमा बताइने फल निकै महत्वपूर्ण मानिन्छ । राशिको निर्धारण पनि पाश्चात्य मतअनुसार एक महिनासम्म एउटै राशि मान्ने चलन छ भने हिन्दू ज्योतिषले चन्द्रमाको आधारमा लगभग अढाइ दिनको एक राशि मानेको छ ।
राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ । यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यो राशी भनेर जानिन्छ। यी राशीहरू हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन।
प्रस्तुत छ २०७७ सालको वार्षिक राशिफल
मेष राशि
मेष राशि हुनेहरूको लागि यो वर्ष विगतको तुलनामा तसै अनुकूल सावित हुनेछ । महादशा आदिमा अनुकूल तथा कारक दशाको पालो चल्नेहरुलाई विशेष अभिष्ट सिद्धि एवं दिग्विजय प्राप्ति हुनेछ । ग्रहोपचारको उपाय पनि गरेको खण्डमा वेरोजगारीहरुलाई रोजगारी मिल्ने छ भने जागिरेको पदोन्नति हुने सम्भावना छ । उद्यमीको लागि नयाँ उद्यम तथा व्यवसायको थालनी हुनसक्ने छ । समय अवसरको सदुपयोग गर्र्दै अघि बढ्ने कर्मयोगीहरुलाई राम्रो सफलता मिल्ने छ ।
वृष राशि
वृष राशि हुनेहरूको लागि यो वर्ष सुधारा हुँदै जाने देखिएको छ । रपनि वर्षको मध्यसम्म अड्चन एवं संघर्षको सामना गर्नपर्ने देखिन्छ । परिश्रमबाट गरिने कामहरुमा सफलता मिल्ने छ । कर्मयोगीहरुलाई आकस्मिक लाभ मिल्ने छ । वर्षको मध्यपछि थप शुभ लक्षणहरू देखिने छन् । जागिर, व्यवसाय, उद्यम आदिमा सफलता बढ्ने छ । नोकरीमा पदोन्नति हुनेछ भने जागिरको खोजिमा रहेकाहरुलाई रोजगारी मिल्ने छ ।
मिथुन राशि
मिथुन राशिको लागि यो वर्षको पहिलो खण्ड संघर्ष एवं कष्टको बाबजुत उपलब्धिकर रहने छ । रपनि निकै सावधानी अप्नाएर चल्नुपर्ने जरुरी भने देखिन्छ । केहीहद्सम्म व्यापार व्यवसायादिमा प्रगति हुनेछ । गोचरमा कुनै कुनै ग्रहको अवरोधसमेत रहेकोले सोको भने ग्रह उपाचरको उपाय अवलम्बन गरी अघि बढेको खण्डमा अपेक्षित कार्यमा सफलता पाउन सहज हुनेछ।
कर्कट राशि
कर्कट राशि हुनेहरूको लागि यो वर्षको पूर्वार्ध अल्लि बढी संघर्षकर महसूस हुने देखिएको छ । कतिपय महत्त्वपूर्ण कामकार्यहरुमा रोकावट आउने छ भने व्यवसाय, पेशा एवं उद्यम तथा कर्मक्षेत्रबाट अल्पलाभ र उपलब्धिले चित्त बुझाउनु पर्नेछ । दाम्पत्य सम्बन्धमा कष्ट एवं शंकाआशंका उब्जनसक्ने सम्भावना छ । कपटप्रेम तथा विवाह आदिमा कुटिल चालको षड्यन्त्रमा परिनसक्ने भय छ ख्याल गर्नुहोला । विश्वासघात, धोखाबाजीमा परिनसक्ने छ ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरुको लागि यो वर्ष केही पक्षमा फापकर देखिएको छ । वर्षको पूर्वार्धमा केही संघर्षको बाबजुत शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । पुरुषार्थपूर्वक केही कामहरु सम्पन्न गर्नसकिने छ । उद्योग व्यापार एवं व्यवसाय फस्टाउने छ भने नोकरीमा पदोन्नति हुनेछ । रोजगारीको पर्खाईमा बसेकाहरुलाई जागिर मिल्ने छ । लाभकर क्षेत्रमा लगानीको अवसर मिल्ने छ।
कन्या राशि
यो वर्ष विगतको तुलनामा अनुकूलताको मात्रा बढेको छ । तर पूर्णरुपमा ग्रहगोचरको स्थिति फापकर अवस्थामा रहने देखिँदैन । केही हद्सम्म पारिवारिक व्यवस्थामा सुधार आउने छ । रपनि समझदारीको प्रयत्न पनि जारी नै राख्नुपर्ने छ । वर्षको पूवखण्डमा साथसंगति व्यवहारमा चनाखो हुन जरुरी नै पर्ने देखिन्छ । बेलाबेलामा दोहोरो भूमिका खेल्नेहरुको कारण धोखा तथा विश्वासघातमा परिनसक्ने छ ।
तुला राशि
तुला राशि हुनेहरुको लागि यो नयाँ वर्ष २०७७ अप्रत्यासित परिणाम दिने खालको रहेको छ । धेरै आशा अपेक्षा, ईच्छा तथा आसक्ति गरेको काम भने प्रभावित हुनेछ । तसर्थ निस्कामयोग सिद्धान्तलाई आत्मसात गर्दै लाभ एवं उपलब्धिको चाहना गर्नुभन्दा पनि गुणदोषको मान्यताभन्दा माथि उठेर आफ्नो कर्तव्यको पालना गर्ने निष्ठा बनाउनु पर्ला ।
वृश्चिक राशि
वृश्चिक राशि हुनेहरुको लागि यो वर्ष अनुकूल देखिएको छ । समय एवं अवसरको सदुपयोग गर्नेहरुले थातिरहेका कामहरू पूरा गर्न सकिने छ भने नयाँ र दीर्घकालिन कार्यको थालनी हुनसक्ने छ । मान ईज्जत तथा प्रतिष्ठाको विकास हुनेछ भने कमजोर भएको सम्बन्ध सप्रिने छ । अवरुद्ध रहेको उद्योग व्यापार व्यवसाय तथा पेशालाई सुधार गर्न सकिने छ ।
धनु राशि
धनु राशिको लागि यस वर्ष त्यति सहज देखिएको छैन । रपनि अलमल एवं केही संघर्षको बाबजुत वर्षको शुरुमा तसै उपलब्धिमूलक रहने छ । शुरुका दिनमा फजुलको यात्रा पनि अल्लि बढी नै हुने सम्भावना देखिन्छ । विद्वतता एवं आत्मप्रसंशाको मनोविज्ञानले डेरा जमाउनाले कतैकतै मुल्याङ्कनमा गिरावट आउनस पनि सक्ने छ ।
मकर राशि
मकर राशिको लागि यो वर्ष खासै अनुकूल देखिएको छैन । तरपनि त्याग, दान, तीर्थव्रत, परोपकार, निस्काम कर्मयोगको लागि अनुकूल रहने छ । जश तथा सम्मान पाउने आशा अपेक्षा राख्नुभन्दा सोभन्दा माथि उठेर स्वधर्मको पालना गर्दै कर्तव्र्य निर्वाह गर्नु उचित हुनेछ । अप्रत्यासित परिणाम दिने गोचर भएकोले एकातर्फको ईच्छा चाहना तर अर्कोतर्फको उपलब्धि पनि हुनसक्ने छ ।
कुम्भ राशि
कुम्भ राशि हुनेहरूको लागि यो वर्षका शुरुका तीनचार महिना केही पक्षमा अनुकूल देखिएको छ । र पनि जनव्यवहार एवं कार्यक्षेत्रमा निकै सावधानी अप्नाउनु पर्ने गोचरग्रहको अवस्था देखिएको छ । व्यापार व्यवसाय, उद्यम, पेशाकर्म आदिबाट केहीदह्सम्म लाभ गर्न सकिने छ । घरपरिवारमा विवाह व्रतबन्धादि माङ्गलिक कार्यको संपादन गर्ने अवरस मिल्नेछ । विवाह योग्य युवायुवतीको लगनगाँठो कसिनसक्ने छ । दाम्पत्य एवं प्रेम सम्बन्धमा सुधार आउने छ ।
मीन राशि
मीन राशि हुनेहरुको लागि यो वर्ष मिश्रित रहने छ । वर्षको शुरुमा उपलब्धिको साथसाथमा तनाब आक्रोश र खतिक्षति पनि हुनसक्ने देखिएको छ । मालसमान हराउनसक्ने संभावना पनि देखिएको छ ख्याल गर्नुहोला । असार साउनतिर कर्मक्षेत्रमा अप्रत्यक्ष रोकावट एवं आर्थिक मन्दिको सामना गर्नुपर्ने छ । रपनि कर्मयोगीहरुलाई आंशिक रुपमा भएपनि उपलब्धि लिनसकिएला ।
वर्षभरीको विस्तृत राशिफल हेर्न भिडियोमा जानुहोस्
ज्योतिष तथा वास्तुसम्बन्धी थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नहोला ।
ज्यो.पं. वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)
९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४४३१७४७
Email : [email protected]
Facebook: https://www.facebook.com/astrologerde…
Twitter: https://twitter.com/astrodeepakguru
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
