काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि नेपाल सरकारले पनि यतिबेला नेपालभर लकडाउन गरेको छ ।
लकडाउनको समयमा पनि राजनीतिज्ञहरुले आफ्नो तर्फबाट हुन सक्ने र गर्न सक्ने कार्यहरुमा निरन्तरता दिई रहेका छन् । कतिपयले भाइरसको जोखिमलाई प्रवाह नगरी आफ्नै गाउँ ठाउँमै गएर जनताको सेवामा खटिरहेका छन् भने कतिपयले सामाजिक सञ्जाल मार्फत सरकारलाई घचघचाउने कार्यहरु समेत गरिरहेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टुईटरमा नेपाली राजनीतिज्ञहरुको सक्रियता खुबै वढेको छ । यसैबीच नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता प्रदिप पौडेलले पनि सामाजिक सञ्जालमा आफ्नो सक्रियता निकै बढाएका छन् । लकडाउनले घर बाहिर निस्कन जोखिम बढेपछि पौडेलले घरमै बसेर सरकारलाई घचघचाउने, आफ्ना गाउँका जनताहरुको समस्या, बुझ्ने र सम्भव भएसम्म फोनबाटै स्थानीय जनताहरुको समस्या समाधानका निम्ती लागि परिरहेका छन् ।
उनले घरमै बसेर बिशेषत आफ्नो क्षेत्र तनहुँको २ नम्बर क्षेत्रका स्थानीयको समस्या सुन्नका लागि २४ सै घण्टा फोन ‘एक्टिभ’ राखेर सबैका समस्या सुनेर सकेसम्म फोनबाटै र स्थानीय तहसँग समन्वय गरेर समस्या समाधानका लागि सक्रियता बढाउने गरेका छन् ।
नयाँपुस्तासँगको बिशेष कुराकानीमा उनले भने, ‘धेरै समस्याहरु काठमाडौंबाट घर जानका लागि वातावरण मिलाउने, कतिपय बिरामी भएर उपचार नपाएकालाई तनहुँको जिपी कोइराला हस्पिटलका डाक्टरहरुसँग कुरा गर्दा आवश्यक सामाग्री छैन् भन्नुभाछ यसबारे उपचारका लागि चाहिने पीपीईहरुको ब्यबस्था तत्काल गर्नुपर्ने देखिन्छ ।’
उपचारको ब्यबस्था, एक ठाउँबाट अर्को स्थानमा जानका लागि ब्यबस्था, बिपन्न परिवारका मजदुरी गरेर खानेहरुका लागि राहतको पहल लगायतका कामहरु गरिरहेको उनले बताए । उनी थप्छन्, ‘मेरै नगरपालिकाको केहि वडाबाट राहतको कार्यक्रम शुरु भएको छ स्थानीय तहसँग समन्वय गरेर यसलाई जिल्लाभरी वितरण गर्ने प्रयासमा समेत छु । ’
यसैगरी विदेशबाट फर्केका नेपालीहरुका बारेमा जानकारी लिने र उनीहरुलाई स्वंयम आफैले सम्पर्क गरेर क्वारेन्टाइनमा बस्नका लागि सचेतना र सबै गाउँ र पालिककामा कोरोना राहत कोष स्थापना गरेर ब्यापारी, उद्योगी, समाजसेवी र सम्पन्नहरुसँग सहयोग उठाउनका लागि अपिल गर्नका लागि समेत आग्रह गरेका छन् ।
कोरोनाको रोकथामका लागि के गर्नुपर्ला भन्ने हाम्रो प्रश्नमा पौडेलले भने,‘ संक्रमित वढ्ने देखिएकाले जाँच गर्ने उपकरण प्रशस्त मात्रामा उपलब्ध गराउनुपर्ने, धेरै स्थानमा जाँच गर्नुपर्ने, तत्काल जाँच गर्न ब्यबस्था मिलाउने, सुरक्षाकर्मी र चिकित्सकका लागि चाहिने उपकरण पनि छिटो उपलब्ध गराउनुपर्ने देखिन्छ । ’
‘कोरोना सँग मात्र होइन ‘करपसन’ सँग लड्नुपर्ने अवस्था आयो’
दैनिक उपभोग्य सामानहरुको अभाव हुन थालेको भन्दै विपन्न परिवारका लागि राहतको ब्यबस्था छिटो ब्यबस्था, लकडाउनलाई सुरक्षित तर खुकुलो बनाउनुपर्ने, गाउँगाउँमा जनचेतना फैलाउने, दुरी कायम गर्ने लगायतका कार्यलाई सरकारले प्राथमिकता दिनुपर्नेमा समेत जोड दिए । स्वास्थ्य सामाग्री खरिदमा भएको भनिएको भष्टाचार प्रति संकेत गर्दै अब कोरोना सँग मात्र होइन ‘करपसन’ सँग लड्नुपर्ने अवस्था आएको भन्दै सरकारले छिटो गुणस्तरीय सामान उपलब्ध गराएर जनतालाई आश्वस्त पार्नुपर्ने र जनता पनि सचेत हुनुपर्ने उनको सुझाव छ ।
लकडाउनको समयमा काठमाडौमै रहेका पौडेलले दिनहुँ जसो आफ्ना फेसबुक र टुईटर स्टाट्स मार्फत स्थानीयलाई सचेत तथा सरकारलाई खबरदारी र आग्रह समेत गर्दै आएका छन् । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भएको भनिएको भष्टाचारको छानबिन, लकडाउन प्रभावकारी बनाउनका लागि गर्नुपर्ने विविध क्रियाकलाप, मोवाइल रिङ ब्याक टोनमा कोरोना रोकथामको सुझाव, खुला नाकामा कडाई लगायतका सुझाव दिएका थिए ।
पौडेलले आज मात्रै पनि उनले ट्वीट गर्दै भनेका छन्, “आजभन्दा अघि कोभिड १९ को संक्रमण आयातित मात्र थियो तर आज स्थानीयमा पनि देखियो । नेपाल कोरोना जोखिमको नयाँ चरणमा प्रवेश गरेको छ । स्वास्थ्य उपकरण खरिद गर्दा घोटालामा ध्यान लगाएर बसेको सरकार कहिले ब्युँझिने, परीक्षणको दर वढाउँ । ढिला भइसक्यो ।”
यसैगरी पौडेलले आजै फेसबुक मार्फत आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ भित्र रहेका ४२ वटा वडाहरूमा नेपाली काँग्रेसको वडा सभापतिहरूको नाम र नम्बर समेत सार्बजनिक गर्दै केहि समस्या परेका उहाँहरुलाई फोन गरेर सेवा लिनका लागि पनि आग्रह गरेका छन् ।
पौडेलले देशमा बिभिन्न विपत्को समयमा जनताका समस्याहरुको समाधान गर्ने क्रममा भूकम्पछिको पुननिर्माणमा होस् वा नेपालमा भएको नाकाबन्दीका बेला होस् उनी सदैव जनताको साथमा रहँदै आएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
