काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेका छन् ।
महामन्त्री कोइरालाले आज एक विज्ञप्ति जारी गर्दैै विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नोबेल कोभिड–१९ सँग जुध्न सरकारले गरेका प्रयत्नलाई परिणामुखी बनाउन आग्रह गरेका हुन् ।
महामन्त्री कोइरालाले सरकारले हालसम्म कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरेका कतिपय कार्य परिणाममुखी नभएको भन्दै प्रभावकािरता र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेकाले सरकारको ध्यानाकर्षणसमेत गराउए ।
“अतिआवश्यक स्वास्थ्य उपकरणको खरिद प्रक्रिया विवादास्पद र आर्थिक अनियमितता भएको प्रमाण सञ्चारमाध्यमबाट आइरहेकाले यसको बारेमा निष्पक्ष छानबिन हुनुपर्छ”, महामन्त्री कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उनले अहिलेको समयमा आकस्मिक सेवा पाउनुपर्ने बिरामीले समेत समयमा उपचार नपाएको भन्दै यस्ता बिरामीप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
