काठमाडौ । माछापुच्छ्रे बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले स्थापना गरेको राहत कोषमा १ करोड ६ लाख बराबरको सहयोगको घोषणा गरेको छ।
बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रिय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५१ लाख उपलब्ध गराउने घोषणा गरेको छ भने सात वटै प्रदेश सरकारलाई ५ ५ लाखका दरले कुुल ३५ लाख रकम सहयोग हस्तान्तरण गरिसकेको छ।
बैंकले विहिबार सात वटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई ५/५ लाखको चेक हस्तान्तरण पनि गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
