काँग्रेस सांसद आचार्यले आफ्नै घरमा बनाए २१ शैयाको क्वारेन्टाइन

काठमाडौं । नेपाली काँग्रेसबाट प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले आफ्नो घरमा क्वारेन्टाइनको निर्माण गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आफ्ना जिल्लावासीलाई पनि सहज होस् भन्ने उद्देश्यले क्वारेनटाइनको निर्माण गरिएको उनका स्वकीय सचिव सुनिल पौडेलले बताए । नेता आचार्यका घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ ।

Advertisement

रसुवाको बेत्रावतीस्थित सहकारी भवनमा २० शैयाको क्वारेनटाइन निर्माण गरिने भनिएपनि त्यस स्थानमा उपयुक्त नदेखिएपछि आचार्यले क्वारेन्टाइनका लागि आफनै घर रोजेका हुन् ।

घरको चार वटा कोठामा सुबिधा सम्पन्न २१ शैयाको क्वारेनटाइन निर्माण भएको तथा कोठाभित्र ट्वाइलेट, बाथरुम, धारा सबै सुबिधा रहेको छ ।

More News last news
Loading...