काठमाडौं । सुनको भाउ बिहीबार तोलामा १५ सय रुपैयाँले घटेको छ ।
सुनको भाउ १५ सय रुपैयाँले घटेर बिहीबार तोलाको ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
