काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नका लागि खुमा अर्याल फाउण्डेसनले जनचेतना सम्बन्धी पोल ब्यानर राखेको छ ।
फाउन्डेसनले कोरोना सम्बन्धि सचेतना कार्यक्रम अन्तर्गत पोखराको पृथ्वी चोक देखि स्याङ्जाको गल्याङ चोक सम्मका पोलहरु ब्यानर राखेको हो । पोलमा राखिएका ब्यानरहरुमा नियमति हात धुने, माक्सको प्रयोग गर्ने, खानेकुरा धोएर मात्र खाने लगायतका जनचेतना जगाउने प्रकारका ब्यानर राखिएको फाण्डेसनले जनाएको छ ।
कोरोना सम्बन्धी अन्य थप गतिविधिहरु पनि सन्चालन थरिने सस्थाका अध्यक्ष कमल राज ढकालले जानकारी दिए । यहि चैतमा स्याङ्जाको चापाकोट्मा सन्चालन गर्ने भनेको बिशेषज्ञ सहितको बृहत निशुल्क स्वास्थ शिबिर यहि कोरोनाको कारण केही समयको लागि स्थगित गरिएको फाउण्डेसनका सचिव धुव्र शर्माले बताए ।
निरन्तर समाजसेवामा सक्रिय फाउण्डेसनले विभिन्न समयमा स्वास्थ्य शिविर, डेँगु रोग बिरुद्धको जनचेतना र अशक्त तथा बृद्धहरुका लागि निशुल्क औषधी बितरण गर्दै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
