पोखरा । पोखरामा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
पोखरा -०६ डिहिकोपाटन स्थित भिलेज इन होटलमा मंगलबार बिहान करिव ८ :४५ बजे एक अमेरिकी नागरिक मृतअवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृत फेला पर्नेमा पासपोर्ट नम्बर ५९५६२४७१२ रहेका ७० वर्षीय बृद्ध मार्क स्चोनफेल्ड रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।
घटनाको वारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
