डडेल्धु । डडेल्धुरामा नुहाउने क्रममा बाथरुममा एक विद्यार्थी नेताको मृत्यु भएको छ।
होली खेलेपछि बाथरुम छिरेका नेपाली कांग्रेसको भातृ संगठन (नेवि संघ) का डडेल्धुरा सभापति पदम भण्डारी बाथरुममा मृत अवस्थामा फेला परेका हुन्।
ग्यास गिजर चलाएर नुहाउने क्रममा निस्सासिएर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
विद्यार्थी नेता भण्डारी डडेल्धुरा स्थित विभिन्न सामाजिक कार्यमा समेत सक्रिय थिए। गिजरकै कारण पछिल्लो समय मानिसको ज्यान जाने गरेका घटना लगातार आइरहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
