४० लाख ५० हजारको रम्भादेवी छात्रवृत्ति

पोखरा । पूर्व उद्योग तथा जलस्रोत राज्यमन्त्री एवं उद्योगपति हरि पाण्डेले आफू जन्मिएको पाल्पा जिल्लामा ४० लाख ५० हजार बराबरको ‘रम्भादेवी छात्रवृत्ति’ वितरण गरेका छन् ।

तानसेनमा आयोजित समारोहमा जिल्लाका १० पालिकाअन्तर्गत ८१ वडाका ९२ जना छात्रछात्रालाई सामूहिक रुपमा छात्रवृत्ति प्रदान गरिएको हो ।

Advertisement

समाजसेवी पाण्डे अध्यक्ष रहेको मातृसेवा प्रतिष्ठान नेपाल, ललितपुरको आयोजना तथा पाल्पाली समाज पोखराको व्यवस्थापनमा भएको सो छात्रवृत्ति कार्यक्रमबाट गरीब तथा जेहेन्दार समुदायबाट स्वास्थ्य समूह, इञ्जिनियरिङ्ग, कृषि र होटल म्यानेजमेन्ट (नन–ग्राजुयट) अध्ययनका लागि प्रत्येकले जनही करिब ५० हजार बराबरको छात्रवृत्ति प्राप्त गरेका हुन्।

सोको पहिलो किस्ता पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा वितरण गरिएको हो ।

प्रतिनिधिसभा सदस्य समेत रहेका प्रमुख अतिथि पाण्डेले पवित्र उद्देश्य साथ भएको सो कार्यक्रमको प्रशंसा गरे ।

प्रतिष्ठान अध्यक्ष हरि पाण्डेले छात्रवृत्ति स्थापनाबारे प्रष्ट पार्दै आफू जन्मिएको जिल्लामा केही काम गर्ने उद्देश्य साथ सो कार्यक्रम संचालन गरिएको जनाए । सकेसम्म स्वदेशी बस्तुको प्रयोग, प्रतिफल हुने कार्य र कम खर्चमा जीवनयापनमा जोड दिए । यसअघि पनि उनले विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी विभिन्न विषयमा अध्ययन गर्ने ३ सय ३० जनालाई पूर्ण र आंशिक छात्रवृत्ति वितरण गरिसकेका छन् ।

प्रदेश ५ का प्रदेश सांसद डा. पूरनमान बज्राचार्यले संस्कृति, पर्यटनको पूवद्र्धन गर्दै जानुपर्ने बताए। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले विचार, स्रोतसाधन जति बाँड्यो त्यति बढ्ने बताए । उनले समाज परिवर्तनका लागि दृष्टिकोण दिनुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले समाजको गतिविधिबारे प्रष्ट पार्दै आपूmहरु पोखरामा रहे पनि गृहजिल्लामा केही गर्नुपर्छ भन्ने सोचका लागि प्रतिष्ठानको सहकार्यमा छात्रवृत्ति कार्यक्रम ल्याइएको जानकारी दिए। कार्यक्रममा विभिन्न पालिकाका प्रमुख एवं उपप्रमुख, जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, पत्रकार, विद्यार्थी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा पूर्व मन्त्री पाण्डेसहित, तानसेन नगरका प्रमुख अशोकुमार शाही, रैनादेवी छहराका अध्यक्ष रामबहादुर कार्की, रिब्दीकोट अध्यक्ष नारायण जिसी, पूर्वखोलाका नूनबहादुर थापा, निस्दीका मुक्तबहादुर सारु, रम्भाका विष्णुप्रसाद भण्डारी, तिनाउकी दमयन्ती थापा लगायतले सम्बन्धित पालिकाका विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेका थिए ।

प्रतिष्ठान अध्यक्ष तुलसा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका सल्लाहकार खेम सारु र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष रेशम थापा रचकले गरेका थिए।

पाल्पाली समाजले हालैमात्र पोखरामा पर्यटन प्रवद्र्धनका लागि २२ लाख लागतमा डिजिटल बोर्ड स्थापना गरेको समाजका निवर्तमान अध्यक्ष बाबुराम खनालले बताए। पाल्पामा तानसेन, रामपुर नगरपालिकासहित निस्दी, पूर्वखोला, रम्भा, तिनाउ, बगनासकाली, माथागढी, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका छन् ।

More News last news
Loading...