स्वर्गीय स्थिर बाबु घिमिरेका दुई कृतिको लोकार्पण 

काठमाडौं । स्व. स्थिर बाबु घिमिरे स्मृति ग्रन्थ तथा घिमिरेद्वारा अनुबादित सरल रामगिताको लोकार्पण गरिएको छ ।

मंगलबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच ‘स्थिर बाबु घिमिरे स्मृति ग्रन्थ’ र घिमिरेद्वारा अनुबादित सरल रामगिताको पूर्व सभामुख तारानाथ रानाभाटको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । घिमिरेका २ कृतिको लोकार्पण गर्दै पूर्व सभामुख रानाभाटले नेपाली साहित्य क्षेत्रमा स्व. घिमिरेको अतुलनिय योगदान रहेको भन्दै उनको प्रशंसा समेत गरे ।

Advertisement

कार्यक्रममा १००८ स्वामी कृष्णानन्द सरस्वती, स्मृति ग्रन्थ प्रकाशन समितिका अध्यक्ष बिष्णु दत्त घिमिरे, संविधान सभा सदस्य चन्द्र बहादुर कुँवर, मेयर मध्येनेपाल न पाका नगर प्रमुख रमेश कुमार पाण्डे, ने.का.जिल्ला कार्य समिति लमजुङका सभापति भेष बहादुर पौडेल, स्वाबलम्बि समाज सेवा केन्द्र लम्जुङका अध्यक्ष गम प्रसाद गुरुङ,  विश्व हिन्दू महासंघका महासचिव गणेश न्यौपाने,  पूर्व शिक्षक इश्वरी प्रसाद न्यौपाने स्व. घिमिरेले नेपाली साहित्य जगतमा महत्वपूर्ण भूमिका रहेको साहित्यका क्षेत्रमा उहाँको अभाव सदैव खड्किरहने उल्लेख गरे ।

समाजसेवी समेत रहेका घिमिरेले आफ्नो निधन हुनुपूर्व लेखेका यी पुस्तकलाई जीवन्त राख्नका लागि लोकार्पण गरिएको आयोजकले जनाएको छ । दुरद्रष्टा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको अध्यक्षता गायत्री अधिकारीले गरेकी थिईन् ।

More News last news
Loading...