बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. सुदिप श्रेष्ठ सम्मानित

काठमाडौं । बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. सुदिप श्रेष्ठ सम्मानित भएका छन् ।

लामो समयदेखि नेपाली चिकित्सा क्षेत्रमा कार्यरत रही क्यान्सर जस्तो जटिल रोगको उपचारमा अहोरात्र खटिएर जनताको सेवाका लागि आफ्नो जीवन समर्पण गरेको भन्दै श्रेष्ठलाई जनचेतना नेपालले सम्मान गरेको हो । श्रेष्ठलाई अर्थमन्त्री एवं सुचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सम्मान पत्र प्रदान गरे भने संस्थाको अध्यक्ष बालकृष्ण निरौंलाले माला र खादा लगाएर सम्मान गरे ।

Advertisement

नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धीका अध्यक्ष समेत रहेका श्रेष्ठ नेपालमा क्यान्सर रोगका प्रमुख बिशेषज्ञ मानिन्छन् ।

उनले छिमेकी राष्ट्र भारतको राजिव गान्धी क्यान्सर हस्पिटलमा अध्यनका साथै लामो समयसम्म काम गरेको अनुभव समेत संगालिसकेका छन् ।

समाजसेवामा सक्रिय जनचेतना नेपालले श्रेष्ठ सहित अन्य बिशिष्ट ब्यक्तिहरुलाई पनि सम्मान गरेको कार्यक्रमकी संयोजक मुना निरौंलाले जानकारी दिईन् ।

More News last news
Loading...