काठमाडौं । लामो समयदेखि सामाजिक कार्यक्रममा सक्रिय रहँदै आएको जनचेतना नेपालले आफ्नो छैटौं बार्सिकोत्सव भब्यताका साथ मनाएको छ ।
गत फागुन १७ गते राजधानीको पर्यटन वोर्डमा अर्थमन्त्री एवं सुचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यतामा एक समारोहकाबीच भब्यताका साथ छैटौं बार्सिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि खतिवडाले संस्थाले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको भन्दैं जनचेतना नेपालले आउँदा दिनमा समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले संस्थाका लागि आफूले गर्न सक्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय धर्मशिला चापागाई, चर्चित गायिका तथा राष्ट्रिय सभाका सदस्य माननीय कोमल ओली, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, परिवर्तन नेपालका अध्यक्ष एवं कलाकार मोहन निरौला, कलाकार एवं निर्देशिका दिपाश्री निरौंला, एवं उद्योगपति तथा समाजसेवी अम्मर श्रेष्ठ लगायतकाले जनचतेना नेपालले समाज र राष्ट्रका क्षेत्रमा गरेको कार्य अतुलनिय रहेको भन्दै आगमी दिनमा जनचेतना नेपालको प्रगतिको कामना समेत गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको गरिएको थियो । यसरी सम्मानित हुनेमा क्यान्सर रोग बिशेषज्ञ डा. सुदिप श्रेष्ठ, चलचित्र निर्देशक एवं पशुपति क्षेत्र बिकास कोषका सदस्य सचिव डा. घनश्याम अतिवडा, नेपाल टेलिभिजनका नायक महाप्रबन्धक रामेश्वर शुक्ल, निर्देशक ऋषि लामिछाने लगायतकालाई सम्मान गरिएको थियो ।
जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौंलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव कमल बोहराले स्वागत मन्तब्य राखेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
