वीर अस्पतालको सम्मुखमा एक मन्दिर छ। महांकाल भैरव मन्दिर। करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यो मन्दिरसँग एउटा यस्तो तथ्य जोडिएको छ, जसले धेरैलाई चकित पार्न सक्छ। शाष्त्रीय मान्यतानुरुप कुनै मन्दिरमा पूजा समाग्रीका रुपमा मदिरा प्रयोग हुन्छ भन्दा विश्वास नलाग्नसक्छ।
तर, यस महांकाल भैरव मन्दिरमा भने विशेष पूजा सामाग्रीका रुपमा मदिरा अनिवार्य छ।
उपत्यकाको प्राचीनमध्ये एक महांकाल भैरव मन्दिरमा पूजापाठका लागि मदिरा नै किन चढाउनुपर्नेरु हरेक जात्राको कथाजस्तै यो मन्दिरको कथा धेरैका लागि कौतुहलको विषय बन्न सक्छ।महांकाल मन्दिरका पूजारी उज्ज्वल बज्राचार्य एउटा रमाइलो किवंदन्ती सुनाउँछन्।कुरा प्राचीन तान्त्रिक युगको हो। सास्वत नामका बज्रचार्य तान्त्रिक गुरु काठमाडौंस्थित सबलबहाल न्युरोडमा बस्दथे।
उनी न्युरोडको तन्त्रशिद्धि बिहारको मुख्य (पुजारी) थिए। तान्त्रिक गुरु बजा्रचार्य एक दिन नुहाइ–धुवाइ गरी शरीरमा तेल लगाएर मध्यान्हको समयमा टुंडिखेलमा घाम तापेर बसेका थिए। घाम तापेर बसिरहेको अवस्थामा अचानक आकासमा कालो बादल छायो। जसका कारण केहीबेरमै धर्ती–आकास पुरै अध्याँरो हुन पुग्यो।
थप जानकारी भिडियोमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
