शिवालय माविको अध्यक्षमा राजन सुवेदी

देउराली । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजन सुवेदी सर्वसम्मत चयन भएका छन् ।

सोही विद्यालयका पूर्व विद्यार्थी मञ्चका अध्यक्षसमेत रहेका सुवेदीलाई शिक्षा ऐन २०२८ तथा रुपा गाउँपालिका शिक्षा नियमावली २०७५ ले व्यवस्था गरेअनुसार विद्यालयलाई सहयोग गर्ने व्यक्तिका रुपमा मनोनयन गरिएको थियो ।

Advertisement

यसअघि सम्पन्न अभिभावकहरुको भेलाबाट छानिएका ४ जनाको बैठकले उनीसहित विमला गुरुङ सदस्यका रुपमा मनोनयन गरिएकी थिइन् । समितिका सदस्यहरुमा श्रीकृष्ण सुवेदी, धनपति ओझा, कौशिला परियार र भगवती ओझा रहेका छन् ।

प्रधानाध्यापक रुपिन्द्र प्रभावी समितिको पदेन सदस्य सचिव र कार्यवाहक वडा अध्यक्ष हिता रुपाखेती पदेन सदस्य रहेका छन् ।

शिक्षक–अभिभावक सङ्घकी अध्यक्ष लीला ओझाको अध्यक्षतामा भएको अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तिलबहादुर थापाले आफ्नो कार्यकालमा विद्यालयलाई रुपा गाउँपालिकाभित्रको उत्कृष्ट विद्यालयका रुपमा स्थापित गर्न सफल भएको स्मरण गर्दै आगामी दिनमा जिल्लामै उत्कृष्ट बनाउन सुझाव दिए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले शिवालयको हासिल गरेको उत्कृष्टताको पहिचान जोगाउन विद्यालय व्यवस्थापन समितिले कुनै पनि कसरत गर्नुपर्ने बताए ।

गाउँपालिकाले नै गौरव गर्न सक्ने विद्यालयका रुपमा शिवालय रहेको बताउँदै पौडेलले प्रशासन, व्यवस्थापन र शिक्षक–विद्यार्थीका सहकार्यले समयसापेक्ष शिक्षण–सिकाइ कार्यकलाप सञ्चालन हुनुपर्ने बताए ।

विद्यालयभित्र कुनै पनि प्रकारका राजनीतिक गन्ध आउन नहुनेमा सतर्क रहन उनले अभिभावकहरुसँग आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक ऋषिराम ओझाले स्वागत गरेका थिए ।

 

साप्ताहिक राशिफल

More News last news
Loading...