गण्डकी बिकास बैँकद्वारा स्याङ्जाको हुनिकोट भ्युपोइन्टमा होडिङ बोर्ड र चियर हस्तान्तरण

स्याङ्जा, स्याङ्जा । गण्डकी विकास बैंक लिमिटेड शाखा स्याङ्जाले सामाजिक उत्तरदायित्व वहन गर्दै विहिवार स्याङ्जा जिल्लाको पर्यटकीय स्थल हुनिकोट भ्युपोइन्टलाई जनचेतनामुलक होडिङ् बोड र भिजिटर चियर हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले जनचेतनामुलक होडिङ् बोड र भिजिटर चिर्यरस हस्तान्तरण गर्दै बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा समाजका विविधि क्षेत्रमा गरेको योगदान गरेको जानकारी दिए ।

Advertisement

उनले पर्यटकीय स्थल हुनिकोटको पर्यटकीय व्यवसायमा एउटा इट्टा थप्ने प्रयास गरेको बताए । आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा यस्तै आवश्यकताहरुको पहिचान गरी सदा योगदान पुर्याउन बैंक सधै तत्पर रहेने कुरा समेत बताए ।

उक्त कार्यक्रममा पर्यटनको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै स्थानिय पर्यटन व्यवसायी जमान गुरुङलाई सम्मान गरेको छ ।

उक्त कार्यक्रममा क्रेडिट अपरेशन हेड सन्तोष पोख्रेल, लक्ष्मी प्रसाद नेपाल लगाएत स्थानियको उपस्थिती रहेको कार्यक्रममा हुनिकोट होमस्टे सञ्चालक तथा स्थानियले बैंकले सेवाका साथै सामाजिक उत्तरदायित्व लाई पनि प्राथमिकता दिएकोमा प्रशंसा बैंक तथा बैंक परिवारलाई धन्यवाद समेत व्यक्त गरेका थिए।

गण्डकी विकास वैक शाखा कार्यलय स्याङ्जा पुतलीबजारका शाखा प्रबन्धक प्रविन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन डोलराज सापकोटाले गरेका थिए । कार्यक्रममा सामाजिक क्षेत्रका अग्रसर ब्याक्तित्व हरुको बाक्लो उपस्थिति रहेको थियो।

More News last news
Loading...