काठमडाौँ । बहुचर्चित गायक प्रमोद खरेल र चर्चित गायिका लक्ष्मी मल्लको आवाजमा नयाँ लोक दोहोरी गीत “विद्यानास” सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक उक्त गीतले केही दिनमै व्यापक चर्चा बटुल्दै गएको छ ।
उक्त गीतमा श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको छ।
अडियोसँगै गीतको भिडियो पनि दमदार बनेको छ। भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल शाह र नायिका बेनिशा हमालको डान्स देख्न सकिन्छ।
भिडियोलाई कोरियोग्राफी तथा निर्देशन शिव बिकले गरेका छन। उत्सव दाहालले खिचेको भिडियोमा इन्टेन्स इल्डको सम्पादन रहेको छ। भिडियोमा सुप्रीम पराजुलीको कलर ग्रेडिङ रहेको छ।
“आफ्नो मन” युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई पहिलेको चर्चित गीत “लोभी आँखा”लाई झैँ दर्शक स्रोताले रुचाउनेमा विश्वस्त रहेको निर्माण टिमले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
