सुनको भाउ तोलाको ७६ हजार रुपैयाँ

काठमाडौं । सुनको भाउ मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ ।

सुन मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

सोमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेको हो ।

यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

More News last news
Loading...