काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन्।
सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिती रहेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
