गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि हेटौंडा उपमहानगरको ३० लाख सहयोग

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

आइतबार निर्माणाधिन रङ्गशालाको अवलोकनपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहयोगको घोषणा गरेका हुन्।

Advertisement

धुर्मुस सुन्तलीको प्रयासमा अन्तर्रा्ष्ट्रिय स्तरको रङ्गशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको रुपमा सहयोग गर्न लागेको मेयर महतले बताए।

यो कवोल रकम केही दिनमा नै हस्तान्तरण गर्ने उनले बताए। चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गर्न लागिएको छ।

More News last news
Loading...