‘क्यानोनिङ र होमस्टेमा रमाउन स्याङ्जा जाऔं’

स्याङ्जा । स्याङ्जामा प्रथम क्यानोनिङ, सुन्तला तथा सांस्कृतीक महोत्सव हुने भएको छ ।

स्याङ्जाको पर्यटकीय नगरी वालिङ नगरपालिका– ४ खाल्टेमा यहि पौष १७ देखि २० गतेसम्म महोत्सव हुने भएको हो । महोत्सवमा खेलकुद प्रतियोगिता, सस्तो मुल्यमा सुन्तला विक्री, सांस्कृतिक कार्यक्रम र क्यानोनिङ लगायतका गतिविधि मुख्य आकर्षणका रुपमा रहने महोत्सव संयोजक मोहन खनालले बताए ।

Advertisement

लोकगीतको जिल्ला भनेर चिनिने स्याङ्जाको यस महोत्सवमा चर्चित कलाकारहरु रामजी खाँण, राजु गुरुङ, शंकर बिरही गुरुङ, शर्मिला गुरुङ, घनश्याम रिजाल लगायतका दर्जनौ चर्चित कलाकारको प्रस्तुती रहनेछ । क्यानोनिङका लागि प्रख्यात मानिदै आएको यस स्थानमा महोत्सबका बेला क्यानोनिङ अर्को प्रमुख आकर्षणको केन्द्रबिन्दु रहने छ । 

यसका अलवा खाल्टेमा रहेको सुन्तलाबारी होमस्टेमा अर्गानीक सुन्तला र स्थानीय स्तरमा उत्पादित अन्य खानेकुरामा रमाउन पनि सकिने छ । भ्रमण बर्ष २०२० लाई लक्षित गरी गर्न लागिएको गण्डकी प्रदेश स्तरीय यस महोत्सवले प्रदेशको स्याङ्जा जिल्लामा मात्र नभई समग्र गण्डकी प्रदेशमै पर्यटकहरु भित्राउन सघाउ पुर्‍याउने संयोजक खनालले बताए ।

महोत्सबलाई स्याङ्जा क्यानोनिङ तथा पर्यटन प्रबद्र्धन समिति र सुन्तलाबारी सामुदायिक होमस्टेले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

More News last news
Loading...