संविधान सभा सदस्य ढुंङ्गेलप्रति कांग्रेस संसदीय दलद्वारा समवेदना प्रकट

काठमाडौं । संविधान सभा सदस्य रामेश्वर ढुंङ्गेलको निधनप्रति नेपाली काँग्रेस संसदीय दलले दुख ब्यक्त गरेको छ ।

दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार विज्ञप्ति जारी गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्व. ढुंङ्गेलले पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधन प्रति दलले गहिरो दुःख व्यक्त गरेको हो । वि.स.२०१७ साल भक्तपुर जिल्लामा जन्मिका स्व. ढुंङ्गेल नेपाली कांग्रेसको विभिन्न तहमा रहेर संगठन विस्तार, सुदृढीकरण तथा पार्टीलाई गतिशील बनाउन सदैव क्रियाशिल थिए ।

Advertisement

२०७० सालको संविधान सभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुनु भएका नेता ढुंङ्गेल नेपाली राजनीतिमा शालिन एवं भद्र नेताका रुपमा परिचित थिए । उनले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनहरुमा सदैव अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

‘‘उहाँले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनहरुमा सदैव अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । स्व. ढुंङ्गेल प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा पटक–पटक गिरफ्तार हुनु भएको थियो । उहाँ जस्तो एक कुशल नेतालाई गुमाउनु पर्दा नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ,’’ बिज्ञप्तिमा उल्लेख छ । यसअघि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पनि एक बिज्ञप्ति मार्फत दुख ब्यक्त गरेका थिए ।

More News last news
Loading...