कास्की–२ बाट निर्वाचित भट्टराईले लिइन सांसदको सपथ

काठमाडौं । कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छन् ।

उनलाई उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो सपथ खुवाएकी हुन् । भट्टराई गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की–२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेर सांसद चुनिएकी थिइन् ।

Advertisement

भट्टराईले २४ हजार ३ सय ९४ मत र खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिए। भट्टराईका श्रीमान् पूर्वमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।

More News last news
Loading...