पोखरा । मुक्तिनाथ विकास बैंकको अध्यक्षमा बैंकर भरत ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । बैंकको सोमबार पोखरामा भएको १३ वार्षिक साधारण सभाबाट उनी अध्यक्ष निर्वाचित भएका हुन् ।
ढकाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत हुन् भने उनकै सक्रियतामा मुक्तिनाथ विकास बैंकको स्थापना भएको थियो । बैंकका बिभिन्न प्रगतिमा ढकालको योगदान निकै रहेको बैंक स्रोतको भनाइ छ ।
ढकालको सक्रियतामा २०६३ साल पुस १९ गतेदेखि स्याङजा, कास्की र तनहुँलाई आधार बनाएर मुक्तिनाथ विकास बैंकले वित्तीय करोबार शुरु गरेको थियो ।
२०६३ पुस १९ गते मुक्तिनाथ विकास बैंकले कारोबार शुरु गरेको थियो । नेपालमा पहिलोपटक लघुवित्त संस्थाले आफ्ना ग्राहकलाई एसएमएस, मोवाइल बैंकिङ र एटीएम कार्ड दिने संस्थाको रुपमा मुक्तिनाथलाई लिइने गरिन्छ ।
बैंकको सीइओ छाडेका ढकाल कृषि व्यवसायमा लागेका ढकाल आफैले स्थापना गरेको बैंकमा अध्यक्ष चुनिएपछि बैंकले थप प्रगति गर्ने विश्वास लिईएको छ । ढकालको कार्यकाल ४ वर्षको रहनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
