पोखरा । अमेरिकामा रहेर लामो समयदेखि सक्रिय पत्रकारिता गरिरहेका पत्रकार सतिश चापागाईं म्यूजिक भिडियोमार्फत् उदाएका छन् । उनको शब्द तथा अभिनयमा ‘कोमल माया…’ गीत श्रोता–दर्शकमाझ आएको छ ।
रामकृष्ण ढकालको गायन एवं आलोक श्रीको निर्देशन र संगीतमा सजिएको यो गीत अहिले चर्चित बन्दैछ । पहिलो मिस नेपाल यूनिभर्स नग्मा श्रेष्ठ गीतमा चापागाईंको प्रेमिकाको रुपमा गीतमा अभिनय गरेकी छन् ।
नेप्लिज डायस्पोरा अनलाइन पत्रिकाका सम्पादक समेत रहेका चापागाईंको प्रेमिकाको सुन्दरताको बयान गरिएको सो गीतको शब्द मर्मस्पर्शी छ ।
सानैदेखि साहित्य, संगीत र पत्रकारितामा रुची भएका चापागाईं लामो समय पाल्पाको तानसेनलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका थिए । उनी नेपाल प्रेस युनियन पाल्पाको पूर्व सभापति पनि हुन् ।
यस वर्षको दसैंमा अमेरिकाबाट नेपाल फर्केका उनले भिडियो सुटिङ गरेका हुन् । २९ नोभेम्बरमा यू ट्ुबमार्फत सार्वजनिक गीत हालसम्म ४ हजार बढीले हेरिसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
