उपचुनाव कहाँ, कसले, कति स्थान जिते ?

काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काङ्ग्रेसका ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी भएका छन् । पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी न.पा–३ मा भरतकुमार घिमिरे, भोजपुर पौवादुङ गाउँपालिका–१ मा जितेन्द्र राई, खोटाङ साकेला गाउँपालिका–३ मा शिवकला राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गाउँपालिका–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोकको इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाण्डौ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी भए ।

Advertisement

यस्तै, लम्जुङको सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन, नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा, रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, सल्यान कुमाख गापा–५मा धर्मे बुढाथोकी, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक, गुल्मी रुरु क्षेत्र गापा–६ मा शोभाखर खनाल, प्यूठान नपा–२ मा मुक्ति पोखरेल, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का र बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा पनि नेकपाकै उम्मेदवार मनराजे बुढा विजयी भए ।

यसैगरी, नेपाली काँग्रेसको तर्फबाट ११ जना वडाध्यक्षमा निर्वाचित भईसकेका छन् । जसअनुसार पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा तिलविक्रम इधिङ्गो, महोत्तरी बलवा नगरपालिका–२ मा विपिन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, सोही नपा–५ मा प्रतिमा कार्की, बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट, अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल, दाङ घोराही उपनपा–१६ मा ताराबहादुर डिसी र मोरङ धनपालथान गाउँपालिका–२ मा नारायणप्रसाद साह निर्वाचित भए ।

राजपाका वडाध्यक्षका उम्मेदवार महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक, कपिलवस्तु शिवराज नगरपालिका–१० मा मञ्जु मिश्र र सप्तरी छिन्नमस्ता गाउँपालिका–७ मा प्रमिलादेवी यादव विजयी हुँदा सर्लाही हरिपुर्वा नगरपालिका–१ मा श्यामबाबु राय, बारा बारागढी गाउँपालिकामा सुरेशप्रसाद चौधरी र पर्सा प्रसौनी गाउँपालिका–५ मा समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रुपलालकुमार यादव निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै तीन प्रदेश सभा अन्तर्गत भक्तपुर १(क) मा नेपाली काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेलले बिजयी हासिल गरेका छन् ।

More News last news
Loading...