सुनको मूल्य घट्यो, कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य केही घटेको छ ।

बुधबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य घटेर तोलामा ८५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

यसअघि बुधबार चाँदी तोलामा रु ८५५ रुपैयाँ रहेको थियो ।

More News last news
Loading...