भारतीय क्रिकेटर सचिनले गरे पशुपतिको दर्शन

काठमाडौं । भारतीय क्रिकेटर सचिन रमेश तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

युनिसेफको ३० औं बार्सिकोत्सबको अवसरमा नेपाल आएका सचिनले आइतबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन् । सचिनसँगै नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि पशुपतिनाथ मन्दिर पुगेका थिए ।

Advertisement

युनिसेफको दक्षिण एसियाका सद्भावना दूत रहेका सचिन शुक्रबार राति नेपाल आइपुगेका थिए । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनलाई नेपाल बोलाएको हो ।

More News last news
Loading...