कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन्। भर्खर कप्तानमा नियुक्त भएका मल्ललाई दुई दिनपछि प्रधानमन्त्री ओलीले बधाई दिएका हुन्। प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मल्ललाई बधाई दिएका हुन्।

‘नेपाली क्रिकेट टोलीको कप्तान बनेकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु,’ प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन् । प्रधानमन्त्री ओलीले मल्लको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई लिने विश्वास सहित शुभकामना पनि व्यक्त गरेका छन् ।

Advertisement

टोलीका नियमित कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले मल्ललाई बुधबार कप्तानमा नियुक्त गरेको थियो । कप्तान बनेका मल्ललाई यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न राजनीतिज्ञ तथा सर्वसाधारणले पनि बधाई दिएका थिए।

More News last news
Loading...