कन्टेनरभित्र फेला परेका ३९ वटा शव चिनियाँको

यूकेको एसिक्समा एउटा लरी कन्टेनरभित्र फेला परेका ३९ वटा शव चिनियाँहरूको भएको खुलेको छ।

पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधवार १:४० बजेतिर त्यहाँ शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो।

Advertisement

हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालक मो रोबिन्सनलाई पक्राउ गरिएको थियो। रोबिन्सन अझै प्रहरी हिरासतमा रहेका छन्।

एसिक्स प्रहरीले शुरूमा सो लरी बल्गेरियाबाट हिँडेको भनेपनि पछि बेल्जियमबाट यूके छिरेको बताएको छ।

सो लरी एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो।बुधबार वाटरग्लेड औद्योगिक क्षेत्रको कन्टेनरमा ३८ जना वयस्क र एक किशोरको शव भेटिएको प्रहरीले जनाएको थियो।

तीमध्ये आठजना महिला रहेको बताइएको छ।ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यो दु:खद घटनाबाट आफू स्तब्ध भएको टिप्पणी गरेका थिए।शव फेला परेपछि वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको थियो। र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ।

सन् २००० को जुन महिनामा ५८ चिनियाँ आप्रवासीका शव ब्रिटेनको डोभरमा एउटा लरीको पछाडि फेला पारिएको थियो। त्यहाँ दुई जना जीवितै थिए।

हत्या गरेको अभियोगमा उक्त लरीका डच चालकलाई जेल सजाय भएको थियो।

More News last news
Loading...