काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमै कारोबार भएकोमा आज ७० हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
