चाबहिल, काठमाडौँ । आजबाट नवौं गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ ।
यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार नेपाल उद्धोग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुने भएको हो ।
यस वर्ष एनआरएनएको विश्व सम्मेलन म, मेरो एनआरएनए, र मेरो नेपाल नारासहित हुँदै छ । सम्मेलनमा नेपाल सरकार यहाँका राजनैतिक दल एवं नागरिक समाजको उच्चस्तरीय सहभागीता रहने छ ।
यही विश्व सम्मेलनकै समयमा संघको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुने छ । उक्त महाधिवेशनमा संघको विधान अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन लगायत संघ संग सम्बन्धित विविध विषयहरुमा छलफल भई भावी कार्यनीतिको तर्जुमा गरिने आयोजक सहितिले जनाएको छ । महाधिवेशनमा नै नयाँ कार्यकालको लागि संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको निर्वाचन समेत हुने छ ।
हालसम्म एनआरएनएको अध्यक्षमा बर्तमान उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेद्वारी नै घोषणा गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
