साताको दोस्रो दिन सोमबार सुनको भाउमा गिरावट आएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ रहेको छ। साताको पहिलो दिन आइतबार भने ७० हजार एक सय रुपैयाँ थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि घटेको छ।
आइतबार ६९ हजार ८ सय प्रतितोला रहेको तेजावी सुनको मूल्य आज १०० रुपैयाँले घटेर ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ।
आज चाँदीको मूल्य भने यथावत नै रहेको छ। चाँदीको मूल्य प्रतितोला ८४५ रुपैयाँ रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
