काठमाडौं । युरोकप छनोटमा बेल्जियमले लगातार आठौँ जित निकालेको छ ।
सन् २०२० मा आयोजना हुने युरोकपका लागि समूह आईबाट छनोट भइसकेको बेल्जियमले आइतबार राति काजकिस्तानमाथि २–० गोल अन्तरको जित निकालेको हो । बेल्जियमले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । मिश बत्सुयी तुंगाले गोल गदैै २१ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
बात्सुयीले बेल्जियमका लागि २८ खेलमा १६ गोल गरेका छन् । आफ्नै मैदानमा पहिलो हाफमा १ गोलले पछि परेको काजकिस्तानले दोस्रो हाफमा बराबरी गर्ने अबसर पाएन ।
उल्टै थोमस मुनिरले ५३ औं मिनेटमा गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि थप गोल नभएपछि बेल्जियमले सहज जितका साथ अपराजित यात्रा कायमै राख्न सफल भयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
