अब एन आई सी एशिया रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स

काठमाडौँ । दशैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले चाडपर्वलक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स सुविधा सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत एन आई सी एशिया रेमिटबाट दशैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिने योजना सञ्चालनमा ल्याएको छ ।

Advertisement

उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ शाखा कार्यालय, ७२ वटा विस्तारित काउण्टर, ४२ वटा शाखारहित बैंकिङ्ग इकाई एवं नौ हजार भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सकिने छ।

२०७६ आश्विन १४ देखि २०७६ कात्र्तिक १६ गतेसम्म लागू हुने योजनाबाट चाडपर्वहरुको समयमा ग्राहकहरुले बिना झन्झट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् रकम पठाउन र प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

More News last news
Loading...