आज ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । दशैँको तेस्रो दिन अर्थात मंगलबार पनि सुनको मूल्य घटेको छ।

एकै दिन सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...